शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टेकु अस्पतालमा मंगलबारदेखि खोप अभियान सञ्चालन हुने

सोमबार, १० माघ २०७८, २१ : २०
सोमबार, १० माघ २०७८

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मंगलबारबाट पुनस् खोप अभियान सञ्चालनमा  आउने भएको छ ।  सोमबार अस्पतालले विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटी काठमाडौंबाट जनशक्ति व्यवस्थापन हुने भएकोले नियमित रुपमा खोप कार्यक्रम सञ्चालन हुने जनाकारी दिएको हो ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितका साथै कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढिरहँदा खोप लगाउनेहरुको भीड अस्पतालमा लागेको थियो थियो ।  तर,  अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड-१९ बाट संक्रमित भएपछि सोमबारदेखि ७ दिनका लागि खोप अभियान स्थगित गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप