बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको फोटो भाइरल भएपछि विराट-अनुष्का रुष्ट

मङ्गलबार, ११ माघ २०७८, ०६ : २७
मङ्गलबार, ११ माघ २०७८

भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए ।

यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो । अनुष्काले पनि त्यतिबेला छोरीलाई क्यामेराबाट लुकाउने प्रयास गरिरहेकी थिइनन् । अनुष्का र छोरी वामिकालाई देखेपछि विराटले पनि उक्त खेलमा अर्धशतक बनाएपछि मैदानमा डान्स गर्दै गरेको देखिए ।

त्यसपछि वामिकाको फोटो र भिडियो भाइरल बनिहाल्यो । अहिले आएर विराट र अनुष्काले सामाजिक सञ्जालमार्फत छोरी वामिकाको तस्बिर र भिडियो प्रशारण नगर्न अपिल गरेका छन् । दुवै आफ्नो इन्सटाग्राममा लेखेका छन्, हाम्री छोरीको तस्बिर हिजो स्टेडियममा क्लिक गरिएको थियो र अहिले उक्त तस्बिरलाई लगातार शेयर गरिएको छ । हामी सबैलाई भन्न चाहन्छौँ कि हामीलाई तस्बिर खिचिएको बारे थाहा थिएन, हामीमाथि क्यामेराको नजर थियो भन्ने याद थिएन । छोरीको फोटोलाई लिएर हाम्रो धारणा पहिले जस्तै छ । वामिकाको तस्बिर न खिचे र प्रशारण नगरे हामी खुसी हुनेछौँ । यसको कारण हामीले पहिले नै बताइसकेका छौँ, धन्यवाद ।

वास्तवमा विराट कोहलीले आफ्नो छोरी बुझ्ने नबनेसम्म उनलाई सामाजिक सञ्जालबाट टाढा राख्ने फैसला लिएका छन् । हालसम्म उनले सामाजिक सञ्जालमा आफ्नो छोरीको तस्बिर सेयर गरेका छैनन् । त्यसैले वामिकाको पहिलो झलक पाएर उनका फ्यानहरू भने निकै खुसी बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप