बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बेन्जेमाको घरमा फेरि चोरी

मङ्गलबार, ११ माघ २०७८, ०७ : ५८
मङ्गलबार, ११ माघ २०७८

रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जेमाका लागि यो हप्ता सुखद रहेन । इल्चेविरुद्धको पछिल्लो खेलमा फ्रेन्च स्ट्राइकर घाइते हुँदै खेलको ५८ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए । त्यसअघि पहिलो हाफमा उनले पेनाल्टीबाट गोल गर्न चुके । खेलपछि उनले आफ्नो घरमा फेरि चोरी भएको दुखद् समाचार सुन्नुपरेको थियो ।

स्पेनिस पत्रिका २० मिनुटोसका अनुसार सान सबेस्टियन डे लोस रेयसमा रहेको घरमा कोही पनि नभएको बेला चोरहरू उनको बगैँचा हुँदै प्रवेश गरेर चोरी गरेका थिए । बेन्जेमाको घरमा चोरी भएको यो पहिलो अवसर भने होइन । यसअघि सन् २०१९ मा बार्सिलोनाविरुद्धको खेलका दौरान पनि उनी चोरीको शिकार बनेका थिए । घरबाट के के चोरी भयो भन्ने चाहिँ खुलाइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप