मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

डर्टमण्डलाई धक्का : घाइते हालान्ड उपचारका लागि मैदानबाहिर

मङ्गलबार, ११ माघ २०७८, ०८ : २९
मङ्गलबार, ११ माघ २०७८

बोरुसिया डर्टमण्डका सर्वाधिक गोलकर्ता अर्लिङ हालान्ड चोटका कारण मैदानबाहिर बस्नुपर्ने भएको छ । क्लबले उनको मांसपेशीमा समस्या देखिएको जानकारी दिएको छ । शनिबार होफनहाइमविरुद्ध जीत हासिल गर्ने क्रममा ६३ औँ मिनेटमा घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए । 

त्यसअघि खेलमा २१ वर्षीय नोर्वेजियन खेलाडीको दाहिने घुँडामा उपचार गरेर मैदानमा पुनः फर्किएका थिए । तर उनले पुरै खेल खेल्न सकेनन् । आइतबार र सोमबार उनको स्वास्थ्य परीक्षण गरिएको थियो । 'हालान्डको मांसपेशीमा समस्या देखिएको छ र आगामी दिनमा थप परीक्षण र उपचारको आवश्यकता रहेको छ,' डर्टमण्डले आफ्नो वेबसाइटमा सोमबार जानकारी दिएको छ ।

यो सिजन मांशपेसीको समस्याका कारण उनले खेल गुमाउनु परेको यो तेस्रो पटक हो । यसअघि सेप्टेम्बर र अक्टोबरमा उनले तीन खेल गुमाएका थिए भने अक्टोबर र नोभेम्बरमा पनि उनले सात खेल गुमाएका थिए । यसका बाबजुद उनले यो सिजन १४ बुन्डेस लिगका खेलमा उनले १६ गोल गरिसकेका छन् । 

डर्टमण्डले उनी कति समय मैदान बाहिर रहनुपर्छ भनेर चाहिँ खुलाएको छैन । २० खेलपछि डर्टमण्ड लिगमा दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा बार्यन म्युनिखभन्दा टोली ६ अंकले पछि रहेको छ ।

मार्काबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप