बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निबन्धकार लामिछानेप्रति श्रद्धाञ्जली अर्पण

मङ्गलबार, ११ माघ २०७८, १० : २३
मङ्गलबार, ११ माघ २०७८

शङ्कर लामिछाने स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष माघ १० गते  निबन्धकार शङ्कर लामिछानेको सम्झना र परिचर्चा गर्ने गर्छ । यस वर्ष पनि उक्त कार्यक्रमको तय भएको तर कोभिडका कारण सञ्चालन हुन नसकेकाले विज्ञप्तिमार्फत श्रद्धाञ्जली अर्पण गरिएको प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए । 

शङ्कर लामिछाने नेपाली निबन्ध साहित्यका विशिष्ट व्यक्तित्व मानिन्छन् । उनको ‘एब्स्ट्र्यक्ट चिन्तन प्याज’ बहुचर्चित निबन्ध हो । यस निबन्धले उनलाई चर्चाको शिखरमा पु¥याएको हो । यो मात्र होइन उनका हरेक निबन्ध उत्तिकै विशिष्ट छन् । लामिछानेका निबन्धमा दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय मानिन्छ । उनका जस्ता विशेषता भएका निबन्ध कमै छन् । भनिन्छ, उनले ५० वर्षपछिका पाठकका हृदय र मस्तिष्कलाई छुने खालका निबन्ध लेखेका छन् । 

शङ्कर लामिछानेको जन्म १९८४ चैत ५ गते काठमाडौँमा भएको हो भने निधन २०३२ साल माघ १० गते भएको थियो ।  उनका विम्ब प्रतिविम्ब, एब्स्ट्र्याक्ट चिन्तन प्याज, गोधुली संसार लगायतका निबन्ध सङ्ग्रह प्रकाशित छन् भने गौँथलीको गुँड उनको कथासङ्ग्रह हो । उनको एब्स्ट्रयाक्ट चिन्तन प्याज निबन्ध सङ्ग्रहले २०४० सालको मदन पुरस्कार समेत प्राप्त गठरेको थियो । 

जीवन निर्वाहका क्रममा प्राध्यापन, पुस्तकालयकर्मी, क्युरियो व्यापारी र साहित्यिक पत्रकारसमेत बनेका लामिछानेले जापानी साहित्यको ‘हाइकु’ विधा पहिलो पटक २०१९ सालमा नेपालीमा भित्र्याएका थिए । 
नेपाली साहित्यमा विष्टि योगदानको सम्झना स्वरुप शङ्कर लामिछानेको स्मृतिमा प्रतिष्ठानले हरेक वर्ष दुई जना नेपाली साहित्यका प्रतिभालाई पुरस्कार पनि प्रदान गर्दै आएको जानकारी प्रतिष्ठानका अध्यक्ष लेकालीले दिए । उनका अनुसार निबन्ध साहित्यमा विशिष्ट योगदान पुर्याउने एक जना साहित्यकारलाई ‘शङ्कर लामिछाने निबन्ध पुरस्कार प्रदान गरिने र त्यसमा ५० हजार नगदसहित सम्मान रहेको छ । यसैगरी एक जना नवप्रतिभालाई शङ्कर लामिछाने युवा निबन्ध पुरस्कार रु. २५ हजार नगद र सम्मान प्रदान गरिन्छ । यसका अतिरिक्त उक्त प्रतिष्ठानले विभिन्न सर्जकहरुलाई अभिनन्दित र विविध कृतिहरुको प्रकाशन पनि गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप