शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालोटेली चार वर्षपछि इटाली टोलीमा

मङ्गलबार, ११ माघ २०७८, ११ : ४९
मङ्गलबार, ११ माघ २०७८

स्ट्राइकर मारियो बालोटेलीलाई इटालीले बन्द प्रशिक्षणका लागि टोलीमा फिर्ता बोलाउँदा योओ पेड्रोलाई पहिलो पटक टोलीमा समावेश गरेको छ । प्रशिक्षक रोबर्टो मान्चिनीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेलीले टोलीमा पुनरागमन गरेका हुन् । बालोटेलीले पछिल्लो चार वर्षयता इटालीबाट खेलेका छैनन् । 

३१ वर्षे बालोटेली जुलाईमा टर्किस सुपर लिग क्लब एडाना डेमिस्फोरमा अनुबन्धन भएका थिए । उनले पछिल्लो चार खेलमा नौ गोल गरिसकेका छन् ।​ पेड्रो, लुइस फिलिपेसहित मार्को कानेस्ची, जियोर्जियो स्क्लाभेनी, निको फागियोली, डेविड फ्रास्टसी र सामुइल रिची गरि सात खेलाडीले भने पहिलोपटक इटालीको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।

२४ मार्चमा  युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटालीले कतार विश्वकप २०२२ छनोटको प्लेअफमा नर्थ मासेडोनियाको सामना गर्नेछ । नर्थ मासेडोनियालाई हराएमा विश्वकप छनोटका लागि इटालीले पोर्चुगल र टर्कीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको विजेताले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप