बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचौ निफ चैत्रमा आयोजना हुने

मङ्गलबार, ११ माघ २०७८, १६ : ५५
मङ्गलबार, ११ माघ २०७८

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव (निफ) को पाँचौ संस्करण आगामी चैत्र महिनामा आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले  नियमित आयोजना गर्दै आएको निफ यो वर्ष चैत्र १० देखि १४ सम्म आयोजना हुने भएको हो । 

काठमाडौंमै आयोजना हुने निफका ५५ देशबाट ४०० बढी चलचित्र सहभागीका लागि प्राप्त भएका थिए । ति मध्य  निफ चलचित्र छनौट समितिले ३८ देशको ८९ वटा चलचित्रहरू छनौट गरेको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र फिल्म, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरूको आवेदन परेका थिए ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवले ‘फिल्म संस्कृति’को विकास गर्ने उद्देश्य सहित सुरु भएको यस फेस्टिभलमा यो वर्ष नेपाली प्रतिष्पर्धामा ५० हजार नगद पुरस्कार सहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ पनि थप गरिएको छ । यस अतिरिक्त नियमित रुपमा प्रदान गर्दै आएको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बाग्मती अवार्ड प्रदान गरिनेछ । त्यसैगरी नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार नगद र ट्रफी, उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी तथा सर्ट फिल्म मध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिने छ, भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाँकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्धारा जारी बिज्ञप्तीमा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप