
राजीवको निर्णायक गोलमा आर्मी सेमिफाइनलमा

वैकल्पिक खेलाडी राजिव गुरुङको निर्णायक गोल प्रेरित त्रिभुवन आर्मी फुटबल क्लब ए डिभिजन लिग प्रतिस्पर्धी थ्री स्टारलाई १-० अन्तरमा पराजित गर्दै आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
बिहीबार पोखरा रंगशालामा भएको खेलका ७० औं मिनेटमा राजीवले गरेको एक मात्र गोल निर्णायक बन्यो । राजीवले काउन्टर अट्याकमा सहज गोल गरे ।
आर्मीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आर्मीले फाइनलमा प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । अर्कातिर फाइनल प्रवेशका लागि एपीएफ फुटबल क्लब र मछिन्द्र फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
मछिन्द्रले संकटा क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै, एपीएफले भुटनीज युथ स्पोर्ट्स क्लबलाई पराजित गर्दै अन्तिम चारमा आइपुगेको हो ।
आर्मी र थ्री स्टार दुवै आफ्ना मुख्य खेलाडीबिना मैदानमा उत्रिएका थिए । आर्मीका सुमन अर्याल, गौतम श्रेष्ठ, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा नवयुग श्रेष्ठ, विकास खवास र सुदिल राई चोटका कारण मैदान बाहिर छन् ।
यता, थ्री स्टारका अनन्त तामाङ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा आयुष घलान र कप्तान विक्रम चोटका कारण मैदान उत्रन पाएनन् ।
रातोपाटी
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ