प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज
मङ्गलबार, ११ माघ २०७८, २० : ०२

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । कोरोनाको असर कम भएपछि पुनः थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राज राणाका अनुसार उनलाई स्वास्थ्यमा कुनै पनि प्रतिकूलता देखापरे तुरुन्तै अस्पतालमा सम्पर्क गर्न सल्लाह दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने
-
लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
-
उद्योग वाणिज्य महासंघले सरकारलाई बुझायो नीति तथा कार्यक्रममा समेट्नुपर्ने सुझाव
-
१५ दिनभित्र बाँकी क्याम्पसमा स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन
-
१२ बजे, १२ समाचार : आरआर क्याम्पसमा लागेको ताला खुलादेखि कांग्रेसमा सदस्यताको लफडासम्म