शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१५ वर्षपछि शिल्पालाई सफाइ

मङ्गलबार, ११ माघ २०७८, २० : १९
मङ्गलबार, ११ माघ २०७८

हलिउड अभिनेता रिचर्ड गेरेले सार्वजनिक स्थानमा चुम्बन गरेको मुद्दाबाट अभिनेत्री शिल्पा शेट्टीलाई राहत मिलेको छ । गेरेले चुम्बन गरेपछि शिल्पामाथि सार्वजनिक स्थानमा अश्लिलता फैलाएको आरोप लागेको  थियो । वर्षौँपछि यो आरोपबाट अदालतले शिल्पालाई सफाइ दिएको हो ।
अदालतले गत जनवरी १८ मा शिल्पालाई यो मुद्दामा सफाइ दिएको हो । सफाइको बिषयमा अदालतले सोमबार विस्तृत आदेश समेत जारी गरेको थियो ।
सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लिलता फैलाएको आरोपमा शिल्पा बिरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता भएको थियो । यसपछि शिल्पाले मुद्दालाई मुम्बईमा ट्रान्सफर गर्न याचिका दायर गरिन् । उनको याचिका सर्वोच्च अदालतले २०१७ मा स्वीकृत गरेको थियो ।    

के थियो घटना ?
रिचर्ड गेरेले २००७ को एक एड्स सचेतना कार्यक्रममा शिल्पा शेट्टीलाई बारम्बार चुम्बन गरेका थिए । कार्यक्रममा त्यो घटनाले विवाद निम्त्याएको थियो । यस बिषयमा अप्रिल २००७ मा राजस्थानको एक अदालतले शेट्टी र गेरेको गिरफ्तारीको लागि वारेन्ट समेत जारी गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप