बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

११ ग्राम खैरो हेरोइनसहित कपनबाट २ जना महिला पक्राउ

मङ्गलबार, ११ माघ २०७८, २० : २६
मङ्गलबार, ११ माघ २०७८

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपनबाट प्रहरीले दुई जना युवतीलाई लागु औषध (खैरो हेरोइन) सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भई बुढानीलकण्ठ बस्दै आएकी २१ वर्षीया लक्ष्मी लामा र धनकुटा घर भएर बुढानीलकण्ठ बस्दै आएकी २९ वर्षीया रेनुका तामाङ छिन् ।

आरोपीहरूको साथबाट १० दशमलव ९३ ग्राम खैरो हेरोइन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए । माघ १० मा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले निलोपुलबाट लक्ष्मी लामालाई पक्राउ गरेको थियो । लक्ष्मीको साथबाट २ दशमलव ८९ ग्राम खैरो हेरोइन बरामद गरिएको थियो ।

प्रहरीको फन्दामा परेपछि लक्ष्मीले भनिन्–‘सामान मेरो हैन, रेनुकाले दिएकी हुन् ।’ लक्ष्मीको बयानका आधारमा कपनको रुद्रमती चोकबाट प्रहरीले रेनुकालाई पक्रेको हो । रेनुकाको साथबाट ८ दशमलव ४ ग्राम खैरो हेरोइन बरामद गरिएको छ । रेनुकाले पनि आफुलाई ब्राउन सुगर दिने अर्कै मानिस भएको दावी गरेकी छिन् । खैरो हेरोइन कारोबारमा संलग्न तेस्रो व्यक्तिको खोजी भइरहेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

लक्ष्मी र रेनुका लागु औषध प्रयोगकर्ता पनि हुन् । उनीहरूमाथि अदालतबाट ५ दिनको म्याद लिएर महानगरीय प्रहरी वृत बौद्धले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप