
४० लाख जरिवाना तोकिएका अभियुक्त रामेछापबाट पक्राउ

बैंकिङ कसुर मुद्दामा ४० लाख जरिवाना तोकिएका अभियुक्तलाई प्रहरीले रामेछापको खाँडादेवी गाउँपालिका स्थित लुभुघाटबाट पक्राउ गरेको छ । मंगलबार रामेछापको सुनापती गाउँपालिका–५ घर भएका ४४ वर्षीय तोरण बावु श्रेष्ठलाई पक्राउ गरिएको रामेछापका डिएसपी नवराज ढुंगानाले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ जेठ २७ मा उनलाई ४० लाख जरिवाना र १० दिन कैद हुने फैसला गरेको थियो । फैसलापछि उनि फरार थिए ।
काठमाडौंबाट रामेछाप जाँदै गरेको सुराकको आधारमा प्रहरी चौकी लुभुघाटबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयनका लागी उनलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराइने डिएसपी ढुंगानाले बताए । श्रेष्ठले खातामा पैसा नभएको जानेर दिएको चेक बाउन्स भएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ