शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यदि तपाईंसँग यी आइफोन छ भने एप्पलले दिइरहेको छ उपहार जित्ने मौका

बुधबार, १२ माघ २०७८, ११ : ०५
बुधबार, १२ माघ २०७८

सट अन आइफोन सुरु भइसकेको छ । यदि तपाईंसँग पनि एप्पलको आइफोन १३ सिरिजको आइफोन १३ प्रो वा आइफोन १३ प्रो म्याक्स स्मार्टफोन छ भने तपाईं यो प्रतियोगितामा भाग लिन सक्नुहुन्छ । यसका लागि तपाईंले आफ्नो बेस्ट म्याक्रो–फोटोग्राफी इन फोनबाट सुट गरेर पठाउनुपर्नेछ । 

यो फोटोग्राफी प्रतियोगिता सुरु भइसकेको छ र १७ फेब्रअुरी मध्यान्हसम्म यो चल्नेछ । यसमा इन्डष्ट्रि र एप्पलबाट निर्णायकको एउटा प्यानलले १० वटा फोटोलाई छान्नेछन् र बिजेताको रुपमा घोषणा गर्नेछन् । बिजेताको घोषणा अप्रिलमा गरिनेछ । 

बिजेता फोटोलाई एप्पलको न्युजरुम, एप्पल डट कम, एप्पल इन्स्टाग्राम र एप्पलका अन्य अकाउन्टबाट सार्वजनिक गरिनेछ । कम्पनीले बताए अनुसार उनीहरुले बिजेताको फोटोको प्रयोग डिजिटल क्याम्पेन, एप्पल स्टोर लोकेशन र बिलबोर्डमा गर्नेछन् । 

यो प्रतियोगितामा भाग लिनका लागि आइफोन १३ प्रो वा आइफोन १३ प्रो म्याक्स प्रयोगकर्ताले यी फोनबाट खिचिएका बेस्ट म्याक्रो फोटोलाई इन्स्टाग्राम र ट्वीटरमा ह्याशट्याग ..... र ...... सँगै पोस्ट गर्नेछन् । 

सट अन आइफोन च्यालेन्जका लागि तोकिएको नियम अनुसार तपाईंले आइफोन १३ को कुन मोडलको प्रयोग गरिएको हो, क्याप्सनमा लेख्नुपर्छ । यो प्रतियोगितामा १८ वर्षभन्दा माथिका सबैले भाग लिन सक्छन् । 

यो प्रतियोगिता एप्पलका कर्मचारी वा उनीहरुका नजिकका आफन्तका लागि होइन । यो प्रतियोगितामा भाग दिन चाहनेहरुले आफ्नो फोटोलाई हाई रिज्योलुसनमा [email protected] मा मेल पनि पठाउन सक्छन् । यसका लागि फाइल फर्मेट firstname_lastname_macro_iPhonemodel हुनुपर्छ । 

मेलको सब्जेक्ट लाइन ....... हुनुपर्छ । एप्पलले बताए अनुसार फोटो आइफोनको क्यामराबाटै खिचेको हुनुपर्छ तर उक्त फोटोलाई एपको एडिटिङ टुल वा थर्ड पार्टी एपबाट पनि एडिट गर्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप