शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधबार, १२ माघ २०७८, ११ : ०८
बुधबार, १२ माघ २०७८

ट्रकको ठक्करबाट सप्तरीमा मोटरसाइकल चालकको मृत्यु भएको छ । सप्तकोसी नगरपालिका–५ गङ्गाजली खोलानजिक आज भएको दुर्घटनामा सप्तकोसी नगरपालिका–१० भगनी चोकका २७ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो ।

घरबाट बलार्दह जाँदै गरेका चौधरी चढेको  स १० प ४६३५ नंको मोटरसाइकललाई बलार्दह चोकबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नंको ट्रकले ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको फत्तेपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खीलाराज खतिवडाले जानकारी दिए ।

शवलाई परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार छन् । उनको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप