शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् वार्षिक जनसंख्या वृद्धिदर बढी भएका ५ जिल्ला, ५ जिल्लाको ऋणात्मक

बुधबार, १२ माघ २०७८, १२ : १७
बुधबार, १२ माघ २०७८

केन्द्रीय तथ्यांक विभागले देशका ५ जिल्लाहरु भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२  प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ । 

यस्तै रामेछाप, खोटाङ, मनाङ, भोजपुर र तेह्रथुमको वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ। जसअनुसार रामेछापको माइनस १.६५, खोटाङको माइनस १.५६, मनाङको माइनस १.३२, भोजपुरको माइनस १.३२ र तेह्रथुमको माइनस १.२६ प्रतिशत रहेको छ । समग्र देशको १० वर्षको जनसंख्या वृद्धिदर भने ०.९३ प्रतिशत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप