
जल गैंडाले आवाजकै आधारमा साथी र शत्रुलाई छुट्याउन सक्छन् : अध्ययन

एउटा अध्ययनलाई विश्वास गर्ने हो भने जल गैँडाले आवाजका आधारमा आफ्ना साथी र शत्रुलाई छुट्याउन सक्छन् । जल गैँडाको बारेमा अफ्रिकाको प्राकृतिक आरक्षणमा अनुसन्धान गरेका वैज्ञानिकहरुको एउटा समूहले यस्तो निस्कर्ष निकालेको हो ।
अनुसन्धानका नेता तथा फ्रान्सस्थित युनिभर्सिटी अफ सेन्ट इट्नीका प्राध्यापक निकोलस म्याथेभोनका अनुसार उसको अनौठो आवाजकै कारण आफ्ना साथी र मित्रलाई खुट्याउन सक्छ । जंगली जल गैँडा वास्तवमै होहल्ला गर्छन् ।
वैज्ञानिकहरुका अनुसार उनीहरुको एउटा फराकिलो स्वर भन्डार हुन्छ । उसको कर्कश आवाज, चिच्चावट र स्वा स्वा अन्य जनावरको भन्दाबढी हुन्छ ।
म्याथेभोनले चितुवा, सील, हुँडारलगायतका जंगली जानकारहरुका बारेमा अध्ययन गरेका छन् । ‘उनीहरुले बोलाउँदा साथीको पहिचानको सूचना हुन्छ । उनीहरुले आफ्नै आवाजले एक अर्कालाई चिन्छन् । यस्तो पहिचान क्षमताले उनीहरुबीचको सामाजिक सम्बन्धलाई सहयोग गर्छ,’ म्याथेभोन भन्छन् ।
सो अध्ययन करेन्ट बायोलोजीमा प्रकाशित छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ