मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अब छिट्टै विश्वमा अमेरिकी नेतृत्वको अन्त्य

बुधबार, १२ माघ २०७८, १२ : ४९
बुधबार, १२ माघ २०७८


विश्व मामिलाको बारेमा कुराकानी गर्दा अमेरिकीका लागि यो द्विविधापूर्ण समय भएको छ । सरकारले एकातिर किन अफगानिस्तानबाट फकिनु प¥यो भनेर बताइहेको छ भने अर्कातिर यूक्रेनका लागि किन खडा हुनु परेको छ भन्ने अवस्था सिर्जना भएको छ ।
हाल अमेरिकीले विदेशमा सेनाहरु कम प्रतिबद्ध देखिएको हेर्न चाहेका छन् भने यसले गर्दा नेटोले केही अप्ठेरो अवस्थाको सामना गरिरहेको छ । 

सीएनएनले तााशाहको संज्ञा दिएको रुस र चीन बढी साहसी भएका छन् र मित्र गठबन्धनको जस्तो व्यवहार देखाइरहेका छन् ।

अमेरिकालाई सुपरपावर  भनिने युगलाई विश्वभरी नै  नयाँ रुपमा परीक्षण गरिँदै छ ।

पूर्वी युरोपः

सोभियत संघको विघटन भएको ठ्याक्कै ३० वर्षपछि रुस यूक्रेनमा घुस्नका लागि झुक्याउने खालको व्यवस्थापन गरिरहेको छ ।  सोभियत संघको विघटन भएपछिको समयमा गठन गरिएको नेटो रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शिकार भएको छ ।

बाइडेन प्रशासनले ८,५०० अमेरिकी सेनालाई पूर्वी यूरोपमा परिचालनका लागि उच्च सतर्कतामा राखेको छ । उसले रुसलाई त्यहाँबाट भगाउन र नेटोका मुलुकहरूलाई आश्वस्त पार्नका लागि यसो गरेको हो ।

पश्चिम यूरोप

अमेरिकी प्रभावका लागि सशक्तीकरण गर्नु आवश्यक छ । नेटो मुलुकहरुलाई रुसविरुद्ध एकत्रित गर्न अमेरिकाले पनि उर्जा दलालको भूमिका खेलिरहेको छ । उसले मध्यपूर्व र एसियाबाट इन्धनको सुनिश्चितता गर्न खोजिरहेको छ । जर्मनीमा हुने ग्यास आपूर्तिको सबैभन्दा ठूलो साझेदारको हैसियतबाट हटाउन अमेरिकाले यस किसिमको प्रयास गरेको हो ।

एसिया

चीनले पनि ताइवानको स्वायत्तताको परीक्षण गरिहेको छ । यो स्वशासित टापु लामो समयदेखि स्वशासन मै लोकप्रिय रहँदै आएको छ । केही दिन अघि मात्रै चीनले आफ्ना युद्धक विमान उडाएको थियो ।  । अमेरिका र जापानले आफ्नो शक्ति प्रस्तुत गरेपछि चीनको तर्फबाट पनि यस किसिमको कदम आएको हो ।

यसैबीच विश्व समुदायबाट एक्लिएको उत्तर कोरियाले पनि आफ्नो मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको छ ।

मध्यपूर्व

अमेरिकी सेनाको आधार रहेको इराक र सिरियामा यो वर्ष आक्रमण भएका छन् । यो साता अमेरिकी प्याट्रियोट मिसाइल प्रतिरक्षा प्रणाली संयुक्त अरब इमिरेट्सँग आबद्ध भएको छ । यमनको हुथिले हान्न सक्ने क्षेप्यास्त्रको प्रतिकार गर्नका लागि यो साझेदारी गरिएको हो ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको परमाणु सम्झौता फिर्ता लिएपछि इरान  पनि परमाणु हतियार प्राप्त गर्ने सिलसिलामा देखिएको छ ।

अमेरिकी भूमिका

यी सबै घटनाक्रमहरू वर्षौँदेखि हुँदै आएका छन् । तर सवाल के हो भने यसमा आगामी दिनमा अमेरिकी भूमिका के हुन्छ भन्ने हो ।

यूक्रेनको पक्षमा उभिनु भनेको अमेरिकी विरोधीहरुले कमजोरीको अर्थ लगाउन सक्छन् ।

‘अमेरिकी सत्ताका लागि निर्माणको चुनौती यस्तो समयमा आएको छ जब विदेशमा वासिङ्टन त्यो शक्ति होइन जुन २० औं शताब्दीको उत्तरार्द्धमा थियो भन्ने व्यापक धारणा छ,’ सीएनएनका स्टेफन कोलिनसन लेख्छन् । 

उनी थप्छन्, ‘बाइडेनको अमेरिका पुनः फर्किएको छ भन्ने आश्वासनका बावजुद  गत वर्ष अफगानिस्तानबाट फिर्ता भएपछि यसले अमेरिकी प्रतिस्पर्धी र प्रतिबद्धताको विषयमा सवाल खडा गरेको छ । अमेरिकाका विपक्षीहरुले अमेरिका विदेशमा २० वर्षसम्मको लडार्इंबाट थकित भएको मान्न थालेका छन् ।

पुटिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यूक्रेनदेखि लिएर सिरिया तथा एसियासम्म संलग्न भएका छन् । पश्चिमा मुलुक पनि रुसका विषयमा पूर्ण रुपमा एकठ्ठा हुन सकेका छैनन् ।

सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप