शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइको छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

बुधबार, १२ माघ २०७८, १३ : ०३
बुधबार, १२ माघ २०७८

सहोदर भाइको छोरी हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपल छाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल पक्राउ गरेको छ । उनीमाथि २७ महिनाकी सविना ढकालको हत्या गरेको आरोपमा छ ।

उनलाई सोमबार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ढकालले सुविनालाई जमिनमा पछारेर अचेत बनाई छाडेका थिए । प्रहरीले अचेत अवस्थामा फेला पारेर उपचारको लागि रामपुर अस्पताल  पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

आरोपीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप