शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका मुख्यमन्त्रीलाई जनमत पार्टीले बुझायो ज्ञापनपत्र

बुधबार, १२ माघ २०७८, १३ : १६
बुधबार, १२ माघ २०७८

सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष वशन्तकुमार कुशवाहाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।

आफ्नो पार्टीको नेतृत्वमा देशभरिकै किसानहरु विभिन्न मागसहित एक महिनादेखि आन्दोलित भइरहेको भन्दै ज्ञापनपत्रमा किसान आन्दोलनका एजेण्डा यथाशीघ्र पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्था सुनिश्चित गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने र त्यो नसके सिंचाईका लागि बिजुली निःशुल्क गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, बेमौसमी हावाहुरी र वर्षाले बालीनालीमा भएको क्षतिबापत राहत उपलब्ध गराउनुपर्ने, बालीको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बक्यौता रकम भुक्तानी गर्नुपर्ने, किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसानका लागि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनालीको बीमा हुने सुनिश्चित गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप