मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी मतदान

बुधबार, १२ माघ २०७८, १३ : २२
बुधबार, १२ माघ २०७८

मधेस प्रदेशमा हुँदै गरेको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ ।  कुल ३ सय ७२ मत मध्ये यस प्रदेशमा १ बजेसम्ममा ३ सय मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनाएका छन् । 

प्रदेशसभा तर्फ ८६ जना र स्थानीय तह तर्फ २ सय १४ वटा मतदान भएको प्याकुरेलले बताए । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि मतदान हुँदैछ । सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छन् ।

यता जनकपुरधाममा जनमतका कार्यकर्ता र प्रहरीबीचको ठाउँ ठाउँमा झडप जारी नै छ । जनमतका कार्यकर्ताहरूले करिब एक दर्जन गाडीमा तोडफोड समेत गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप