ताप्लेजुङमा पनि सिटामोलको मौज्दात रित्तिँदै
विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहँदा ताप्लेजुङमा पनि सिटामोलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा पनि सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको छ ।
अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङलिङ बजारमा सञ्चालित आठ वटा औषधि पसल तथा मेडिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।
अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा एक सयदेखि चार सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामोलले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।
ताप्लेजुङ जिल्ला अस्पतालमा भने दुई लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले बताइन । अधिकांश सिटामोल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’
-
रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीलाई नेपालमा लगानी गर्न आग्रह
-
कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा
-
झापामा ब्राउन सुगरसहित एक पक्राउ
-
प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने
-
‘पहिले ...देश छोड भन्थ्यौँ, अब आफैँले छोड्नुपर्ने बेला आयो’