शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ११५ मत खस्यो

बुधबार, १२ माघ २०७८, १४ : ०२
बुधबार, १२ माघ २०७८

राष्ट्रियसभाको १९ सदस्यका लागि बुधबार देशभर मतदान भइरहेको छ । बिहान ९ बजेबाट सुरु भएको मतदान सुरु भएको हो ।   तीन सिटका लागि कर्णालीमा भइरहेको मतदानमा हालसम्म ११५ मत खसेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ  । 

प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा भइरहेको मतदानमा खसेको ११५ मत मध्ये ९५ जना स्थानीय तहका जनप्रतिनिधि र २० जना प्रदेशसभाका सांसदले भोट हालेका हुन्।  कर्णालीमा प्रदेशसभाका सांसदहरु ३५ र स्थानीय तहका प्रमुख  र उपप्रमुख गरी १९१ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

१९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि मतदान भइरहेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप