शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्येक सक्षम नागरिकले २ सय किलो मानव मल प्रदान गर्न किमको उर्दी

बुधबार, १२ माघ २०७८, १४ : १५
बुधबार, १२ माघ २०७८

उत्तर कोरिया मलको अभावसँग जुझिरहेको छ । यसलाई मध्यनजर गर्दै किम जोङ उनले जनतालाई नयाँ अचम्म लाग्दो उर्दी जारी गरेका छन् । आदेशमा भनिएको छ,‘देशका प्रत्येक सक्षम नागरिकले मलका लागि २०० किलोग्राम मानव अपशिष्टको योगदान गर्नु ।’ यसबाट बाली राम्रो हुनेछ र भोकमरी मेटिने छ । यसो नगरेमा जरिवाना लगाइने पनि उर्दीमा भनिएको छ ।

गत वर्ष सरकारले प्रत्येक नागरिकलाई जनवरी महिनाको पहिलो अर्धवार्षिक अवधिमा १०० किलोग्राम मानव मल उपलब्ध गराउन भनिएको थियो । यसलाई यो वर्ष दुई गुणा बनाइएको हो । एक रिपोर्टका अनुसार सरकारी कम्पनीलाई पनि ५०० किलो मानव अपशिष्टको योगदान गर्न भनिएको छ ।

यो जानकारी उत्तर कोरिया र चीनको सीमामा मोबाइल फोनको माध्यमबाट एक अर्कासँग खबरको आदान प्रदान गर्नेहरूबाट प्राप्त भएको हो । त्यहाँको ठुलो जनसङ्ख्या भोकमरीको शिकार भएपछि सरकारले खेतमा मलका लागि मानव  अपशिष्टको प्रयोगलाई बढाउँदै लगेको छ । 

उत्तर कोरिया रासायनिक मल र युरियाका लागि चीनमाथि निर्भर रहँदै आएको छ । कोरियासँग खेतीका लागि आवश्यक मेसिनरी र उपकरण पनि छैन । कोरोनाका कारण गत २ वर्षदेखि सीमा सील पनि गरिएको छ । यसै कारणले युरियाको आयात पनि गर्न सकिएको छैन । केही वर्षदेखि आएको बेमौसमी बाढी र आँधीले पनि कोरियाको बालीमा नोक्सानी पुर्‍याएको थियो । यसले उत्पादनमा समेत कमी आएको छ । यसै कारणले उत्तर कोरियाको २.५८  करोड जनसङ्ख्याको ठुलो हिस्सामा भोकमरी देखा परेको बताइएको छ । गत वर्ष ४० लाख टन भन्दा कम अन्न उत्पादन भएको थियो । विज्ञका अनुसार यो देशका जनताको पेट भर्न ५२ लाख टन अन्नको आवश्यकता पर्छ । अर्थात् माग भन्दा २१ प्रतिशत कम अन्न उत्पादन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप