बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनसंख्याको नतिजाप्रति दीपकराजको व्यङ्ग्य : भ्रष्टाचार, महँगी बढेर जनसंख्या बढ्न डराएछ’

बुधबार, १२ माघ २०७८, १४ : २५
बुधबार, १२ माघ २०७८

 २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ । सार्वजनिक प्रारम्भिक नतिजा अनुसार मुलुकको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । बोलीचालीको भाषामा भने बर्षौंदेखि सबैले जनसंख्या ३ करोड भनेर भनेर भन्दै आएका छन् ।

जनसंख्याको यो प्रारम्भिक नतिजालाई लिएर सर्वसाधारणले सामाजिक संजालमा बिभिन्न थरिका पोष्ट गरिरहेका छन् । अभिनेता दीपकराज गिरी यो बिषयमा एक ब्यङ्ग्यपूर्ण पोष्ट गरेका छन् । दीपकले जनसंख्याको प्रारम्भिक नतिजालाई भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसासँग जोडेर व्यङ्ग्यपूर्ण टिप्पणी गरेका हुन् । 

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘१० वर्ष भो ३ करोड जनसंख्या भनेको छ । आज पनि २ करोड ९१ लाख मात्रै रहेछ । देशमा भ्रष्टाचार महँगी, गरिबी, हत्याहिंसा बढेको देखेर होला जनसंख्या पनि बढ्न डराएछ गाँठे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप