सुदूरपश्चिमका पाँच जिल्लामा क्रिकेट सङ्घको नयाँ नेतृत्व
बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट सङ्घको अधिवेशन सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले बैतडीमा विनोदबहादुर चन्द, बझाङमा पवीन्द्रबहादुर धामी, डडेल्धुरामा हरिप्रसाद उप्रेती, कञ्चनपुरमा वीरेन्द्रबहादुर चन्द र अछाममा अनिल कुँवरको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव तेजप्रकाश भट्टका अनुसार अधिवेशन सम्पन्न सबै जिल्लामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । नयाँ कार्यसमितिको कार्यकाल आगामी चार वर्षका लागि हुने बताइएको छ । नेपाल क्रिकेट सङ्घ क्यानमा आबद्ध यस प्रदेशका कैलाली, डोटी र दार्चुलामा अर्को वर्ष अधिवेशन हुनेछ ।
नेपाल क्रिकेट सङ्घमा देशभरबाट ३५ जिल्ला आबद्ध रहेको र तीमध्ये २० जिल्लाको म्याद सकिएकाले नयाँ नेतृत्व चयन गरेको तथा बाँकी १५ जिल्लामा अर्को वर्ष अधिवेशन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा
-
एमाले प्रतिनिधि परिषद्को बैठक : यस्ता छन् ६ प्रतिवेदन (पूर्णपाठ)