बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेको इन्स्योरेन्सद्वारा ६ महिनामा ६० करोड दाबी भुक्तानी

बुधबार, १२ माघ २०७८, १५ : १४
बुधबार, १२ माघ २०७८

नेको इन्स्योरेन्स कम्पनीले ६ महिनामा ६० करोड दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको बक्यौता दावी भुक्तानीमध्ये करिब ७० प्रतिशत चालु आवको ६ महिनामै गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीले २०७८ असारसम्म बाँकी दावीहरु मध्ये आर्थिक वर्ष २०७८÷-७९ को ६ महिनामा करिब ७० प्रतिशत दावी भुक्तानी गरेको हो ।

आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा मोटर बीमामा ३३ करोड, इन्जिनियरिङ बीमामा ३.२५ करोड, कृषि बीमामा करिब ३ करोड, सम्पत्ति बीमामा १० करोड, सामुद्रिक बीमामा करिब २ करोड, विविध बीमामा ७ करोड गरी करिब ६० करोड दावी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले समयमा दावी भुक्तानी गरेको परिणाम स्वरुप ग्राहकको विश्वास जित्न सफल भई व्यवसायमा पनि गत वर्षको ६ महिनामा १८ प्रतिशतले वृद्धि गर्न सफल भएको जनाएको छ । त्यसैगरी कम्पनीले शेयर धनीहरुलाई १५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव गरी आब २०७७-७८ को वित्तीय विवरण बीमा समितिमा पेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप