बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेको ओरालो यात्रा रोकिएन, ३८ अंकले घटेको सूचक २७ सयमा झर्‍यो

बुधबार, १२ माघ २०७८, १५ : ३०
बुधबार, १२ माघ २०७८

केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । 

यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ ।  यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।

नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारमा ६१ हजार पटक किनबेच हुँदा जम्मा ४ अर्ब ३१ करोड ३१ लाख रुपैयाँको मात्र कारोबार भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ५ अंकले घटेको बजारमा ५ अर्ब ३९ करोड रुपैयाँको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप