बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजद्वारा ओएचसीटी छात्रवृत्ति प्रदान

बुधबार, १२ माघ २०७८, १५ : ३६
बुधबार, १२ माघ २०७८

ब्रिटिस कलेजले शैक्षिक सत्र २०२१/२२ को लागि दुई जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले पहिलोपटक विद्यार्थीहरुलाई ओएचसीटी छात्रवृत्ति प्रदान गरेको हो । नेपालभरका अल्पसंख्यक विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यले स्नातक आवेदकहरुका लागि यो छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । 

छात्रवृत्तिबाट सम्मानित हुनेहरुमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए)मा अध्ययनरत सिन्धुपाल्चोकका दावा लामा तामाङ र बीएससी (हन्स) कम्प्युटिङमा अध्ययनरत सिन्धुलीकी रोशना ढकाल रहेकी छिन् । 
छात्रवृत्तिबाट सम्मानित भएपछि खुसी हुंदै ढकालले भनिन्, ‘विश्वस्तरिय कलेजबाट छात्रवृत्ति पाउदाँ खुसी लागेको छ । म जस्ता विद्यार्थीहरुमा सम्भावना देखेकोले टीबीसीलाई धन्यवाद । यो अवसरलाई सूचनाप्रविधिको क्षेत्रमा नयाँ पुस्ताको सिर्जना गर्न सदुपयोग गर्छु ।’ त्यस्तै, सम्मानित अर्को विद्यार्थी लामाले पनि उत्कृष्ट शिक्षा प्रदान गरिरहेको कलेजमा भर्ना हुन पाएकोमा खुसी व्यक्त गर्दै अवसरको सदुपयोग गर्ने बताइन् ।

दुवै विद्यार्थीलाई पढाइको सफलताको शुभकामना दिँदै कलेजका कार्यकारी प्रिन्सिपल मेरी बिशपले ओहे परिवारले भनिन्, ‘हामी ओएचसीटी छात्रवृत्तिको लागि फण्ड प्राप्त गर्न पाउँदा खुसी छौ । हामी हाम्रा पाठ्यक्रम मार्फत नेपालमा सीपहरु विकास गर्न उत्साहित छौ र आवेदनहरुको संख्या र गुणस्तरबाट प्रभावित भएको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप