बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरू

बुधबार, १२ माघ २०७८, १५ : ४२
बुधबार, १२ माघ २०७८

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । बुधबार विहान ९ बजेबाट दिउँसो ३ बजेसम्म दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको थियो । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख २१५ जना गरी २९६ मतदाता रहेको  थिए ।  मतदान सकिएसँगै मतगणना सुरु भएको हो ।

लुम्बिनी प्रदेशमा निर्वाचनमा गठबन्धनका तर्फबाट बाँकेबाट काँग्रेसका युवराज शर्मा, पाल्पाबाट नेकपा एकीकृत समाजवादीका राज्य लक्ष्मी गैरे र रुपन्देहीबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिक (राजेश) चुनावी मैदानमा उत्रेका छन् ।

एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार चुनावी मैदानमा उत्रेका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप