ad
x

खोटाङका १० स्थानीय तहमा तोकिए माओवादी केन्द्रको इन्चार्ज र सहइन्चार्ज

person explore access_timeमाघ १२, २०७८ chat_bubble_outline0

खोटाङका १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रको इन्चार्ज तथा सह–इन्चार्ज तोकिएका छन् । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको मंगलबार बसेको बैठकले जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको इन्चार्ज तथा सह-इन्चार्ज तोकेको हो ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा होमकाजी आचार्य (विनोद)लाई इन्चार्ज र विकास राईलाई सह-इन्चार्ज, हलेसी तुवाचुङ नगरपालिकामा हस्तबहादुर राई (आमोद) लाई इन्चार्ज र चईन्द्र राई (आक्रोश)लाई सह(इन्चार्ज तोकिएको छ । 



यस्तै, ऐँसेलुखर्क गाउँपालिकामा श्रीबहादुर राईले इन्चार्ज र श्रीमबहादुर राईले सह–इन्चार्ज, खोटेहाङ गाउँपालिकामा उदिम बान्तावा (मुक्ति)ले इन्चार्ज तथा सुशीला बान्तावा र इन्द्र नाराथुङ्गेले सह–इन्चार्ज, जन्तेढुंगा गाउँपालिकामा अरुणा राईले इन्चार्ज तथा बिरवल किराँती र राजकुमार बिष्टले सह–इन्चार्जको जिम्मेवारी पाएका छन् । दिप्रुङ चुईचुम्मा गाउँपालिकामा अजम्बर राई इन्चार्ज र लक्ष्मीकुमार राई सह–इन्चार्ज, बराहपोखरी गाउँपालिकामा निशाना राई इन्चार्ज, रावाबेँसी गाउँपालिकामा सीताराम अधिकारी (भूमि) इन्चार्ज, साकेला गाउँपालिकामा अर्जुन खड्का ९झंकार० इन्चार्ज र बिर्सिका राई सह–इन्चार्ज तोकिएका छन् ।



केपिलासगढी गाउँपालिकामा भने इन्चार्ज र सह–इन्चार्ज तोकिएका छैनन् । इन्चार्ज र सह–इन्चार्ज नतोकिएसम्म केपिलासगढीमा जिल्ला समन्वय समितिले हेर्ने नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा दिपक पाण्डे (आकाश) ले बताए । माओवादी केन्द्रले बराह पोखरी र रावाबेँसी गाउँपालिकाको सह–इन्चार्जको टुंगो लगाउन पनि बाँकी राखेको छ । 



प्रदेश कमिटीले नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति खोटाङको संयोजकमा पाण्डे र सचिवमा जीवन राई (संगीन)लाई अघि सारेको छ । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X