शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा राप्रपाको मत खसेन

बुधबार, १२ माघ २०७८, १५ : ५२
बुधबार, १२ माघ २०७८

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको मतदान सकिएको छ।  लुम्बिनी प्रदेशमा दुई जनप्रतिनिधिबाहेक सवैले मतदान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र राप्रपाकै रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्ष  शिवकान्ति चमारले मतदान नगरेका हुन् । राप्रपाले प्रदेश १ बाहेक अन्य प्रदेशमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको थियो । 

प्रदेशसभाका भने सबै ८१ सदस्यले मतदान गरेका छन् । स्थानीय तहका जनप्रतिनिधितर्फ २१५ मध्ये २ सय १३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । लुम्बिनी प्रदेश निर्वाचन अधिकृत गेहेन्द्र कुँवरले मतदान सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर मतगणना थालिएको बताए । लुम्बिनी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्य पदका लागि ६ जना चुनावी मैदानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप