
राष्ट्रियसभा निर्वाचनमा १८ मतदाता अनुपस्थित

निर्वाचन आयोगले सातै प्रदेशमा राष्ट्रिय सभा निर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ । आयोगका अनुसार बुधबार बिहान ९ बजेदेखि सुरु भएको निर्वाचन दिउँसो ३ बजे सम्पन्न भएको हो ।
निर्वाचन सातै प्रदेश सदरमुकाममा रहेका मतदान केन्द्रहरुमा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।
चुनावमा ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् भने सातै प्रदेशका कुल २०२५ मतदातासम्धे २००७ जनाले मतदान गरेका छन् । यसअनुसार १८ जना जनप्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहे ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ