
ADVERTISEMENT
साउथ सुपरस्टार चिरञ्जीवीलाई कोरोना संक्रमण
दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार चिरञ्जीवी कोरोना संक्रमित भएका छन् । आफु कोरोना संक्रमित भएको उनले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका हुन् । ‘प्रिय फ्यान, सबै सावधानी अपनाउँदा पनि मेरो कोरोना रिपोट पोजेटिभ आएको छ । मलाई हल्का लक्षण देखिएको थियो’ उनले ट्वीटमा भनेका छन् । आफु घरमा रहेको समेत बताएका उनले पछिल्लो समय आफ्नो सम्पर्कमा रहेकालाई कोरोना टेष्ट गर्न अनुरोध पनि गरेका छन् ।
चिरञ्जीवी छिट्टै फिल्म ‘आचार्य’ मा देखिँदैछन् । फिल्ममा उनको अलवा रामचरण, काजल अग्रवाल र सोनु सुदको समेत मुख्य भूमिका छ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ