बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशमा सुरु भयो मतगणना

बुधबार, १२ माघ २०७८, १७ : १०
बुधबार, १२ माघ २०७८

राष्ट्रियसभा निर्वाचन अन्तरगत बुधबार भएको मतदानको मतगणना सुरु भएको छ । बुधबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको हो ।  मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका थिए ।   बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । 

मतदान नगर्नेमा चारजना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदातामध्ये १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेको उनले बताए । त्यस्तै प्रदेशसभाका १ सय २ सदस्यले मतदान गरेको उनले बताए ।

मधेश प्रदेशमा २ सिटका लागि मतदान भएको हो । जसमा महिला र अन्य तर्फ उम्मेदवार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप