बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर

बुधबार, १२ माघ २०७८, ०६ : ००
बुधबार, १२ माघ २०७८

प्रदेश १ को राष्ट्रिय सभा चुनावमा एमालेका गुरु बराल र काँग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ । बुधबार साँझ सम्पन्न मतगणनामा बराल र बस्नेतको मत बराबरी आएको हो।  प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमाले र एकीकृत समाजवादीका उम्मेदवार विजयी भएकामा बराल र बस्नेतको भने बराबर मत आएको हो । एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप