
गोंगबु सामूहिक बलात्कार प्रकरण : ९ जना पुर्पक्षका लागि जेल चलान

गोंगबु सामूहिक बलात्कार प्रकरणका ९ जना आरोपी पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले बुधबार ९ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।
जेल चलान हुनेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष छन् । यस्तै ३ जना होटल सञ्चालकसँग जनही ३ लाख धरौटी मागिएको छ । होटल सञ्चालकहरू जानुका घिमिरे पोखरेल, मञ्जु खरेल न्यौपाने र द्रोणाचार्य पौडेलले ३—३ लाख धरौटी बुझाएका छन् ।
पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई सोही दिन र भोलिपल्ट गरि विभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ