
विषादीयुक्त भारतीय च्याउ भित्रिँदा समस्या, आयात रोक्न माग

च्याउ उत्पादक किसान संघले पछिल्लो दिनमा भारत लगायत देशबाट भित्रिने च्याउ आयात रोक्न माग गरेको छ । विदेशी मुलुकबाट विषादीयुक्त च्याउले नेपाली बजारमा प्रभाव जमाउँदा स्वदेशी उत्पादकलाई समस्या परेको संघको भनाई छ ।
अन्य मुलुकबाट भित्रिरहेको च्याउलाई भन्सार नाकामा कडा निगरानी गरिनुपर्ने संघका केन्द्रीय अध्यक्ष सन्तोष कार्कीले बताए । ‘कोरोना कहरका बीचमा नेपाली च्याउलाई विस्थापित गर्ने हेतुले आयात भैरहेको भारतीय च्याउ विषाक्त छ,’ उनले भने । विषदीयुक्त च्याउ अवैधरुपमा भित्रिँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर समस्या पर्ने समेत बताइएको छ ।
संघले स्वदेशमै उत्पादित च्याउले बजार नपाइरहेको समयमा भारतीय च्याउ आयात हुँदा झनै समस्या परिरहेको छ । त्यसैले सरकारले भारतबाट आउने च्याउको आयात रोक्न तत्काल आवश्यक कदम चाल्नुपर्ने संघले माग गरेको छ ।
हाल नेपाली गोलो च्याउको समर्थन मूल्य प्रतिकिलो ३०० रुपैयाँ छ । सोहीअनुसार भारतबाट आउने च्याउमा भन्सार लगाउन किसानहरूले माग गरेका छन् । यस्तै,भन्सार नाकामा च्याउको गुणस्तर मापन नगरी नेपालमा भित्र्याउन नदिनुपर्ने समेत माग छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ