शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबैभन्दा धेरै भन्सार तिर्ने आयल निगम सम्मानित

बुधबार, १२ माघ २०७८, १८ : २३
बुधबार, १२ माघ २०७८

७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसमा नेपाल आयल निगम सम्मानित भएको छ । नेपाल आयल निगम सबैभन्दा बढी वस्तु आयात गरेर राजश्व संकलनमा उत्कृष्ट योगदान पुर्याएकोमा सम्मानित भएको हो ।

यस्तै, सबैभन्दा बढी निर्यात गर्ने इलामको गोर्खा टि स्टेट प्रालि पनि सम्मानित भएको छ । राजश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वको मेची भन्सार कार्यालयले ठूलो आयातकर्ता र निर्यातकर्तालाई सम्मानित गरेको हो । यस्तै, आज मेची भन्सारले उत्कृष्ट पाँच कर्मचारीलाई समेत सम्मान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप