शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका भुवन सुनार बने राष्ट्रियसभा सांसद

बुधबार, १२ माघ २०७८, १८ : २५
बुधबार, १२ माघ २०७८

गण्डकी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा माओवादी केन्द्रका भुवन सुनार विजयी भएका छन् । गठबन्धनका साझा उम्मेदवार भुवन सुनारले एमाले अर्जुनकुमार सुनामलाई पराजित गरेका हुन् ।

सुनुवारले सुनामलाई ३०६ मतभारको अन्तरले पराजित गरेका हुन् । सुनारले ३०३० मतभार पाए भने सुनामले २७२४ मतभार मात्र  प्राप्त गरेका छन् । यस्तै गठबन्धनबाट महिलातर्फ काँग्रेसकी कमला पन्त निर्वाचित भएकी छन् भने एक जनाको सिटमा गणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप