बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसबाट राष्ट्रियसभा सांसदमा कमला पन्त विजयी

बुधबार, १२ माघ २०७८, १८ : ३२
बुधबार, १२ माघ २०७८

गण्डकीको राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कमला पन्त  विजयी भएकी छन् । सत्ता बन्धनकी साझा उम्मेदवार पन्तले ३ हजार ८४ मतभार पाएर निर्वाचित भएकी हुन् । उनी प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार लीला थनेतले २ हजार ७२४ मतभार मात्र प्राप्त गरिन् ।

बुधबार तीन सिटका लागि भएको निर्वाचनमा बाँकी २ जना सदस्यको मत गणना भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार उम्मेदवार रहेका छन् । एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल र अर्जुनकुमार सुनाम उम्मेदवार छन्। 

गण्डकीमा २२७ जना जनप्रतिनिधिले मतदान गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप