बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनको ‘क्लिन स्विप’

बुधबार, १२ माघ २०७८, १८ : ३८
बुधबार, १२ माघ २०७८

सत्ता गठबन्धनले गण्डकी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा क्लिन स्विप पारेको छ । बुधबार भएको निर्वाचनमा तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनबाट काँग्रेसकी कमला पन्त तथा माओवादीबाट सुरेश आलेमगर र भुवनबहादुर सुनार विजयी भएका हुन् ।

पन्तले ३ हजार ८४ मतभार प्राप्त गरेक छिन् भने उनका प्रतिद्वन्द्वी एमालेकी लीला पोखरेल थनेतले २७२४ मतभार पाइन् ।

यसैगरी दलित कोटातर्फ माओवादीका सुनारले स्थानीय तहबाट ३ हजार ३० मतभार पाएका छन् भने  एमालेका अर्जुनकुमार सुनाम २७२४ मतभार पाए । यस्तै अन्य कोटाबाट माओवादीका सुरेश आलेमगरले ३ हजार ९६ मतभार भएर विजयी हुँदा एमालेका पुण्यप्रसाद पौडेलले २ हजार ६ सय ९४ मतभार पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप