शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देशभरका प्रमुख भन्सार नाकामा ‘भेहिकल स्क्यानर’ राखिँदै

बुधबार, १२ माघ २०७८, १८ : ४९
बुधबार, १२ माघ २०७८

सरकारले देशका प्रमुख व्यापारिक नाकामा भेहिकल स्क्यानर राख्ने तयारी गरेको छ । वैदेशिक व्यापार सहजीकरण तथा कर्मचारी र सेवाग्राहीको समय बचत लगायतमा सुधार ल्याउने लक्ष्यसहित स्क्यानर राखिने भएको हो । हालसम्म कुनैपनि भन्सार नाकामा भेहिकल स्क्यानर छैन ।

विरगञ्ज भन्सार नाकामा चीन सरकारले दशक अघि अनुदानमा दिएको स्क्यानर अलपत्र छ । चीनले स्क्यानर दिएपनि त्यसलाई चलाउने दक्ष जनशक्ति नहुँदा अलपत्र परेको हो । उक्त स्क्यानर सञ्चालन गर्ने लक्ष्यसहित दुई जना कर्मचारीलाई चीन प्रशिक्षण पठाइएको समेत थियो । तर, प्रशिक्षणबाट फर्कने बित्तिकै एक जनाको सरुवा र एक जना कर्मचारी रिटायर भइसकेका छन् ।

भन्सार नाकामा भेहिकल स्क्यानर नहुँदा आयात÷निर्यात हुने वस्तु ढुवानीमा प्रयोग हुने कन्टेनर भित्र रहेको सामान पहिचान गर्न मुस्किल पर्छ । आयात/निर्यातकताले एउटा वस्तु भनेर अर्कै आयात वा निर्यात गर्दा समेत पत्तो पाइँदैन । भन्सार कार्यालयका कर्मचारीहरूले केही कन्टेनर खोलेर नमुना रूपमा जाँचपास गर्ने गरेका छन् । तर, पहिचान लुकाएर गरिने आयात÷निर्यात गर्दा नियन्त्रणमा नआउने सरोकारवालाहरूको आँकलन छ ।

सोही कारण, सरकारले अब सबै प्रमुख भन्सार नाकाहरूमा स्क्यानर राख्ने तयारी भएको अर्थमन्त्री जनार्दन शर्माले बताए । उनले भन्सार जाँचपास सहजीकरण गर्न र कर्मचारीको काममा सुधार ल्याउन स्क्यानर राख्न लागिएको बताए । देशभरका भन्सार कार्यालयमा विद्युतीय भुक्तानीको उद्घाटन गर्दै उनले भने, ‘भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ ।’ मन्त्री शर्माले भेहिकल स्क्यानर माल वस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप