शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवन राष्ट्रिय निकुञ्जमा फेरि अर्को गैँडा मृत फेला

बुधबार, १२ माघ २०७८, १९ : ०३
बुधबार, १२ माघ २०७८

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जको  टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी १६/१७ वर्षको भाले गैँडा मरेको हो । अर्को गैँडासँग जुध्दा लखेटिएर भिरबाट खसेर खोलाको बगरमा गैँडा पुगेको थियो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताउनुभयो ।  योसँगै चालू आर्थिक वर्षमा निकुञ्जमा २३ गैँडा मरेका छन् । जसमध्ये दुई चोरी सिकारी, दुई मानवीय त्रुटि र १९ प्राकृतिक कारणले मरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप