शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा भीरबाट लडेर गोठालाको मृत्यु

बुधबार, १२ माघ २०७८, १९ : ०८
बुधबार, १२ माघ २०७८

संखुवासभाको मकालु गाउँपालिका–४ मा भीरबाट लडेर एक जना भेडा गोठालाको मृत्यु भएको छ । भीरबाट लडे भोटखोला गाउँपालिका–५ तुङ्खालिङका ५२ वर्षीय बलबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । 

भेडा चराउन गएका राईको मकालु–४ पावाखोला निवारे भिरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । भेडा चराउन गएका राई मंगलबारदेखि फर्केर नआएपछि खोजी गर्दा बुधबार मकालु-४ पावाखोला निवारेमा भिरबाट लडेर मृत अवस्थामा स्थानीयले फेला परेको थिए । 

मृतक राई केही महिना यता मकालु –४ बैदेका गंगा बहादुर गुरुङको भेडी गोठमा काम गर्दै आएका थिए । घटनाको खबर पाउन साथ  इलाका प्रहरी कार्यालय हेदाङनाको टोली घटनास्थलतर्फ लागेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट ९ घण्टाको पैदल दुरीमा पर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप