बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षपछि फिल्म सेटमा बर्षा

बुधबार, १२ माघ २०७८, १९ : २७
बुधबार, १२ माघ २०७८

अभिनेत्री बर्षा राउत फिल्म सेटमा फर्किएकी छन् । करिब दुई वर्षपछि उनी ‘लाखे’ मार्फत फिल्म सेटमा फर्किएकी हुन् । पुसको अन्त्यबाट फ्लोरमा रहेको फिल्मको छायाङ्कनमा उनी मंगलबार ज्वाइन भएकी हुन् ।
करिब आधा दर्जन बढी अभिनेताले भरिएको फिल्म ‘लाखे’को उनी मुख्य अभिनेत्री हुन् । फिल्ममा उनको भुमिका के भन्ने बिषय भने निर्माण युनिटले गोप्य राखेको छ ।

कोरोनाको पहिलो भेरियन्ट अगाडि फिल्म ‘दुई नम्बरी’ अभिनय गरेकी बर्षाले त्यसपछि यो फिल्म अभिनय गर्न लागेकी हुन् । त्यसो त ‘लाखे’ अगाडि उनको हातमा फिल्म ‘के घर के डेरा’ पनि परेको थियो । सो फिल्मको सुटिङ अझै सुरु हुन सकेको छैन ।

फिल्म ‘दुई नम्बरी’ भने आधाआधी सुटिङ सकाएर रोकिएको छ । छायाङ्कनकै क्रममा कोरोनाका कारण लागेको लकडाउनले रोकिएको फिल्म सुरु हुन्छ हुँदैन यसै भन्न सकिन्न । ‘लाखे’ सम्राट बस्नेतको निर्देशन रहेको फिल्म हो । फिल्ममा बर्षासँगै सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, रोहित रुम्बा लगायतको अभिनय रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप