
गण्डकीमा ७८० जना कोरोना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७८० जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशअन्तर्गतका विभिन्न प्रयोगशाला एवं अस्पतालमा ४११ जनाको पिसिआर तथा ३७९ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।
उनका अनुसार थपिनेमा कास्कीका ३८५, स्याङ्जाका १०४, तनहुँका ८६, लम्जुङका ६५, नवलपरासी पूर्वका ४९, म्याग्दीका ४६, गोरखाका २३, वाग्लुङका २० र पर्वतका १२ जना छन् । यस अवधिमा २१३ जना निको भएका छन् । प्रदेशमा होम आइसोलेसनमा रहनेको सङ्ख्या छ हजार ९३५ रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ