शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनमा विजयी कसले कति मत पाए ? (अन्तिम नतिजासहित)

बुधबार, १२ माघ २०७८, २० : ०१
बुधबार, १२ माघ २०७८

१९ पदका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।  निर्वाचनमा महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समूह गरी ४३ उम्मेदवार सहभागी भएकामा १९ उम्मेदवार विजयी भएका छन् । निर्वाचनमा सम्बन्धित प्रदेशभित्रका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख  मतदाता थिए । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ रहेको थियो । ​

नतिजा अनुसार प्रदेश १ मा गोपाल कुमार बस्नेत, सोनाम गेल्जेन शेर्पा, जयन्ती देवी राई, मधेस प्रदेशमा उर्मिला अर्याल, मोहम्मद खालिद, बागमतीमा गोमादेवी तिमिल्सना, कृष्ण प्रसाद पौडेल, गण्डकीमा कमला पन्त, भुवन बहादुर सुनार, सुरेश आले मगर, लुम्बिनीमा राजेन्द्र लक्ष्मी गैरे, तुल प्रसाद विश्वकर्मा, युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ, नरबहादुर विष्ट, उदयबहादुर बोहरा र सुदूरपश्चिममा मदन कुमारी शाह, जगद बहादुर पार्की र नारायणदत्त मिश्र विजयी भएका छन् ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप