
नेपाली सेनाद्वारा अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद

पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाले अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको छ । श्री सिद्धिबक्स गणबाट निकुञ्ज प्रशासनका कर्मचारीसहित परिचालित भएको एल.आर.पी. टोलीले लालभित्ति, शितलपुर खोला चुरे इलाकामा अवैध रूपमा प्रवेश गरेका ६/७ जना समूहका मानिसहरूलाई पक्राउ गर्ने क्रममा सो अवैध लागु औषधसहित विस्फोटक पदार्थ बरामद गरेको हो ।
ती मानिसहरू भने सामानहरू छाडी फरार भएको नेपाली सेनाले जानकारी दिएको छ । उनीहरूबाट बरामद सामानमा गाँजा- ६ बोरा (करिब २०० के.जी., भरुवा बन्दुकको गोली, बारुद - २०० ग्राम, बम पटका -१६ (सोह्र)वटा, गन्धक-१/२ के.जी., प्याकिङ डब्बा भएको सेफ सोली गोटा-१, लगायत छन् । बरामद गरिएका सामानहरू निकुञ्ज प्रशासनलाई बुझाएको सेनाले बताएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ