
कोभिड–१९ महामारीबीच भारतले ७३ औं गणतन्त्र दिवस मनायो
भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ । नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो ।
यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो । कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित गराइएको थियो ।
पूर्ण खोप लगाएका वयस्क तथा १५ वर्षभन्दा माथिका किशोर किशोरीलाई मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो । गणतन्त्र दिवस समारोहमा गत वर्ष जस्तै यस बर्ष पनि महामारीका कारण कसैलाई प्रमुख अतिथि बनाइएको थिएन ।
भारतले प्रमुख अतिथिको रूपमा यस समारोहमा उपस्थित हुन उत्सवको क्रममा प्रत्येक वर्ष विदेशी मुलुकका राष्ट्र प्रमुखलाई बोलाउने गरिएपनि महामारीका कारण यस बर्ष पनि यो परम्परालाई निरन्तरता नदिइएको हो ।
अधिकारीहरूका अनुसार दिल्लीमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी र अर्ध सैनिकका विशाल सेनाको रूपमा पर्याप्त सुरक्षाकर्मीलाई तैनाथ गरिएको थियो । नयाँ दिल्लीबाहेक देशका विभिन्न भाग र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रमबीच गणतन्त्र दिवस मनाइएको भारतीय अधिकारीले बताएका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ