बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रियसभामा ७ सिट गुमाउँदा पनि एमाले नै ठूलो दल

बुधबार, १२ माघ २०७८, २१ : २८
बुधबार, १२ माघ २०७८

राष्ट्रिय सभा सदस्यका लागि आज भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रियसभा सदस्यका लागि आज सातवटा प्रदेशमा निर्वाचन भएको थियो ।
निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४–४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ । 

आजको निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहने छ । 

राष्ट्रियसभामा अब काँग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १–१ र जसपाले १ सिट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ । तर पनि राष्ट्रियसभाको ठूलो दल भने एमाले नै रहेन छ ।

राष्ट्रियसभामा एमालेका २४ सिट छन् । आजको मतपरिणाम पछि ७ सिट गुमाउँदा पनि एमालेको १७ सिट हुन जान्छ । राष्ट्रियसभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । आजको जितसँगै उसको १५ सिट पुगेको छ भने कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट तथा राजमोको १ सिट हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप